१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परीक्षा स्थगितको माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

कोभिड–१९ महामारीको समयमा गरिएको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थीहरूले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । त्रिविले परीक्षा गरेर विद्यार्थी र उनका परिवारलाई जोखिममा राखेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

त्रिविले अहिले स्नातक तह प्रथम वर्षको परीक्षा गर्दैछ । शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेसँगै त्रिविलाई पन परीक्षा स्थगित गर्न दबाब बढेको छ । यद्यपि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने स्नातक तह पहिलो वर्षको परीक्षा गरेरै छाड्ने बताउनुभएको थियो । बाँकी परीक्षाको सन्दर्भमा छलफलपछि निर्णय लिइने उहाँको भनाइ थियो ।