१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिससका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ


0
Shares

स्याङ्जा । जिल्ला समन्वय समिति(जिसस) स्याङजाका उपप्रमुख दिलीपकुमार बगालेसहित १० जना जुवाखालबाट पक्राउ परेका छन् ।

उनीहरुलाई वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

स्थानीय खेमबहादुर थापाले घर भाडा लिएर लामो समयदेखि जुवा अड्डा बनाउँदै आएको प्रहरीले जनाएको छ । जुवा खालबाट प्रहरीले नगद ३५ हजार ९ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ।