
काठमाडौं । संयुक्त राष्ट्र संघले विश्वव्यापी तापमान वृद्धिले मानवजातीले भयंकर ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
जलवायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले विश्वव्यापी तापमान वृद्धिमा मानवजाति नै जिम्मेबार रहेको ठहर गरेको छ । झण्डै १४ हजार वैज्ञानिक अध्ययनलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने चेतावनी दिइइको छ ।
बढ्दो तापमानका कारण विश्वभरमा मौसमसँग जोडिएका विपद्ले गम्भीर आपतका घटनाहरु सामने आउने प्रतिवेदनमा उल्लेख छ । वायुमण्डललाई तताउने ग्यासको उत्सर्जन जुन रूपले भइरहेको छ त्यसले गर्दा अबको दुई दशकमै तापमानले सीमा नाघ्ने वैज्ञानिकहरूको निष्कर्ष छ । यो शताब्दीको अन्त्यसम्ममा समुन्द्रको जलस्तर लगभग दुई मिटर बढ्ने प्रतिवेदनमा औंल्याइएको छ ।
मावनजातिले भोग्नु पर्ने संकटसँगै वैज्ञानिकहरूले कार्बन उत्सर्जनमा व्यापक कटौती गर्नसके तापमानलाई स्थिर गर्न सक्ने आशा पनि औंल्याएका छन् । ४२ पानाको प्रतिवेदन नीति–निर्माताहरूका लागि मार्गदर्शक साराशंको रूपमा पनि लिइएको छ । यसलाई आगामी महिनामा आउने सिलसिलेवार कयौं प्रतिवेदनको एक कडीमा रूपमा लिँदै ग्लासगोमा हुन गइरहेको जलवायु सम्मेलनको लागि पनि अर्थपूर्ण हुने बताइएको छ ।
अनुसन्धानमूलक केही दस्तबेजहरूले मानवजातीको असावधानीपूर्ण क्रियाकलापले पर्यावरणमा पु¥याएको क्षतिलाई हजारौं वर्षमा पनि भर्पाइ गर्न नसकिने उल्लेख गरिएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले प्रतिवेदन मानवताका लागि खतराको संकेत भन्दै विभिन्न देशका नेता र सरोकारवालालाई आगामी जलवायु सम्मेलन सफल बनाउन अपिल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्