१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एमालेले लोगो परिमार्जन गर्ने, ७० वर्ष पुगेकालाई यस्तो व्यवस्था


0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले लोगो परिमार्जन गर्ने प्रस्ताव अनुमोदन भएको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले गरेको लोगो परिमार्जन लगायतका २३ प्रस्तावलाई सोमबार नै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।

पार्टीले अनुमोदन गरेको प्रस्तावमा पार्टीको लोगोलाई सूर्य चिन्हभित्र हसिया हथौडा रहने गरी परिमार्जन गर्ने उल्लेख गरिएको छ । यसअघि एमालेको लोगोमा सूर्यभित्र गोलाकारमा अंग्रेजीमा सीपीएन युएमएल लेख्दै त्यसभित्र आयाताकार झण्डाको छेउमा हसिया हथौडा थियो ।

त्यसैगरी पार्टीले ७० वर्ष नाघेका पार्टीका नेतालाई ज्येष्ठ कम्युनिष्ट मञ्चको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । अनुमोदित प्रस्तावमा जो जुन तहको कमिटी वा निकायमा रहँदा ७० वर्ष पार भएको हो उसलाइ सोही तहको कमिटीले ज्येष्ठ कम्युनिष्ट मञ्चको सदस्यता प्रदान गर्ने र सोही तहको ज्येष्ठ कम्युनिष्ट मञ्चमा संगठित गर्ने उल्लेख गरिएको छ ।

पार्टीका अधिकांश शीर्ष नेता ७० वर्ष पार भइसकेको छन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल ७) वर्ष पार भइसक्नुभएको छ भने माधवकुमार नेपाल ६९ वर्षको हुनुभयो । पार्टीको विधानअुनसार अब ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष पनि ओली नै रहनुहुने भएको छ ।