
काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको बढाएको तलब अनुसार मुख्य सचिवको तलब ६७ हजार १४० पुगेको छ । यसअघि मुख्य सचिवको तलब ६५ हजार १४० थियो । यस्तै सचिवको तलब ६२ हजार ६८० पुगेको छ । यसअघि सचिवको तलब ६० हजार ६८० थियो ।
यस्तै सहसचिवको तलब ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, शाखा अधिकृतको ३७ हजार ९९०, नायव सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० रुपैयाँ पुगेको छ । सरकारले सबै कर्मचारीको तलबमा २ हजार बढाएको हो ।
सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू गर्ने निर्णण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्