२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘नाङ्लो’ व्यवसायी श्याम कक्षपतिको निधन


0
Shares

काठमाडौं । प्रतिष्ठित पर्यटन तथा रेष्टुराँ व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । उपचारका क्रममा बैंककको एक अस्पतालमा हिजो दिउँसो कक्षपतिको निधन भएको हो ।

लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उनलाई दुई महिना अघि उपचारका लागि बैंकक लगिएको थियो । किमोथेरापीपछि कक्षपतिको स्वास्थ्यमा सुधार आए पनि उनलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पाल्पाको तानसेनबाट शुरु गरेको ‘नाङ्लो’ रेष्टुराँलाई विस्तार गर्दै कक्षपतिले नेपालमा बेकरी क्याफे संस्कृतिलाई भित्र्याएका थिए । उनी नेपाल होटल एशोसियसनका पूर्व अध्यक्ष समेत हुन ।