२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कञ्चनपुरमा २९ करोड २४ लाख लागतमा हजार शैयाको ‘होल्डिङ्ग सेन्टर’ बन्दै


0
Shares

कञ्चनपुर । कोरोना संक्रमणको तेस्रो लहरलाई मध्य नजर गर्दै कञ्चनपुरमा एक हजार शैयाको होल्डिङ्ग सेन्टर निर्माण भईरहेको छ ।

संघीय सरकारको २९ करोड २४ लाख ९९ हजार रुपैयाँ बराबरको लगानीमा भीमदत्त नगरपालिका– १८ सालघारीमा एक हजार शैय्याको होल्डिङ सेन्टर निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।

६० दिनमा काम सम्पन्न गर्ने गरि गत असार ३ गते हनुमान कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको थियो । तर समयमै ठाउँ छनौट हुन नसक्दा असारको तेस्रो साताबाट मात्रै काम सुरु गरिएको थियो ।

हालसम्म ३५ प्रतिशत काम सकिएको र आगामी भदौ मसान्तसम्म निर्माण सम्पन्न हुने दाबी गरिएको छ । होल्डिङ सेन्टरमा भारतबाट आएकाहरु मध्ये संक्रमण नदेखिएका तर सोही दिन घर पठाउन नमिल्ने खालका व्यक्तिहरुलाई राखिने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।