१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मोटरसाइकलले ठक्कर दिँदा इन्सपेक्टरको मृत्यु


0
Shares

हरि शर्मा

परासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको सोमबार राती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

कार्यालय अगाडी बाटोमा हिँडिरहेका ४३ वर्षीय वाग्लेलाई पश्चिमतर्फ जाँदै गरेको लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका वाग्लेको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

ड्युटीमै रहेका प्रहरी निरीक्षक वाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका–१ प्रगति टोलका दिपेन्द्र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–४ घर भएका वाग्ले गत पुसदेखि बर्दघाटमा कार्यरत हुनुहुन्थ्यो ।