
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।
महानगरपालिकाले विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दै आएको छ ।
गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही सम्पर्कमा आए ।
आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् ।
कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ ।
सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म एक करोड ५३ लाख राजस्व बुझाएका छन् ।
नाम सार्वजनिक गरिएका करदातामध्ये सबैभन्दा धेरै वडा नं १, ७, २७, २८ र ३० का छन् ।
प्रतिक्रिया दिनुहोस्