
उदयपुर । कोभिड–१९ को संक्रमण र जोखिम बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालयले साउन ३२ गतेसम्म एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।
निषेधाज्ञामा सार्वजनिक खेलकुद, नाचगान, मेला महोत्सव , भोजभतेर, हाटबजार भिडभाड हुने कार्यक्रमको आयोजनामा बन्देज लगाइएको छ ।
विवाह, ब्रतबन्ध, पास्नी, मन्दिर, गुम्बा, चर्च, मस्जिद जानमा रोक लगाउनुका साथै विद्यालय कलेज, ट्युसन सेन्टर, स्विमिङपुल सिनेमा घर सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
यद्यपि, जिल्लाभित्र सार्वजनिक तथा निजी सवारीमा क्षमताभन्दा बढी नराखी न्यूनतम स्वास्थ मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।
दूधडेरी, फलफूल, खाजा खाना खुवाउने होटल रेष्टुरेन्ट बिहान ७ बजे देखि साँझ ७ सम्म र अन्य पसलहरू भने बिहान १० बजे देखि बेलुका ७ सम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्