
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलका साथीहरुलाईलाई दशैँ आएको जस्तो व्यवहार गतिविधि देखाएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।
उहाँले सरकारले एक महिनासम्म केही पनि काम गर्न नसकेकाले अहिलेसम्म बधाई र शुभकामना दिइरहेको टिप्पणी गर्नुभयो । ओलीले बोल्ने क्रमको सुरुवातमै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको देउवा नेतृत्वको सरकारको कटाक्ष गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्