
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे सदनमा जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले धामीको अवस्थाबारे आवाज उठाएपछि सभामुख सापकोटाले रुलिङ गर्नुभएको हो ।
तुइनबाट महाकाली नदी तर्ने क्रममा भखभरतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि साउन १४ गते धामी नदीमा खसेर बेपत्ता भएका थिए ।
घटनाबारे छानविन गर्न सरकारले गृहमन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले घटनास्थलको निरिक्षण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्