१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको पौडेल निकट जिल्ला सभापतिहरूले भेला जारी, यी चार विषयमा छलफल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूको भेला जारी छ ।

मंगलबार ठमेलस्थित होटल यात्रीमा जारी भेलामा महत्वपूर्ण ४ विषयमा छलफल हुने महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो ।

भेलामा विशेष महाधिवेशन, क्रियाशील सदस्यता लफडा, सरकारको प्रभावकारिता र आगामी निर्वाचनका विषयमा छलफल हुने उहाँले बताउनुभयाे ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला सहित सुजाता कोइराला समेत सहभागी छन् ।