
उदयपुर । एक साताअघि राजदेवी सामुदायिक वनमा विभत्स रुपमा शव भेटिएकी किशाेरीकाे पहिचान खुलेको छ ।
गुप्ताङ्ग र मुखमा कपडा कोचिएको अवस्थामा शव भेटिएकी शव त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको रहेको प्रहरीले जनाएको छ ।
एक साताअघि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिएनन् । प्रायजसो आफन्त र साथीको घर गइरहने भएकाले प्रहरीमा खबर नगरिएको बताइएको छ ।
मृतक चौधरीले प्रयोग गर्ने मोबाइलाको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । मोबाइल भेटिए अनुसन्धानमा सहज हुने उहाँको भनाइ छ ।
प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको प्रहरी प्रमुख गौतमले जानकारी दिनुभयो । प्रहरीले शव भेटेको नौ दिनपछि मात्र पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्