
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अधिकांश खेलाडी तथा खेलकर्मीले कोरोनाविरुद्वको खोप लगाइसकेको जनाएको छ ।
खेलाडी र खेलकुदकर्मीहरूलाई आफ्नो समन्वयमा खोप लगाइसकिएको राखेपले जनाएको छ । राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सयभन्दा बढी खेलाडीले खोप लगाएको परिषद्का विभागीय प्रमुख कुलबहादुर थापाले बताउनुभयो ।
राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ । पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरूले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए ।
अब छिटफुटहरूको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिनुभयो । राखेपले तत्कालै आयोजना हुने खेलमा सहभागी हुने खेलाडीलाई पहिलो प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्