१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अल्जेरियाको जंगलमा भीषण आगलागीः जलेर कम्तीमा २५ सैनिक र १७ नागिरककाे मृत्यु


0
Shares

एजेन्सी । अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिकको मृत्यु भएको छ ।

आगलागी नियन्त्रणमा खटिएका धेरै सैनिकहरु जलेर घाइते भएका छन् । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् ।

केही खाली बस्ती समेत आगोले नष्ट हुनुका साथै हजारौं हेक्टर जंगल नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् ।

हेलिकप्टर समेत परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको छ ।