१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्कटल्याण्डको रेन्जर्स छनौट चरणबाटै बाहिरियाे


0
Shares

काठमाडौं । स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ ।

गएराति स्विडेनको माल्मो फुटबल क्लबसँग २–१ ले पराजित भएपछि रेन्जर्स समग्रमा ४–२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि अर्को स्कटीस क्लब सेल्टीक पनि च्याम्पियन्स लिगको छनौट चरणबाटै बाहिरिएको थियो ।

गएराती भएका छनौट चरणका अन्य खेलहरुमा विजयी हुँदै नेदरल्याण्ड्सको पि..एस.भी आइन्डोभन, युक्रेनको शख्तर, फ्रान्सको मोनाको, पोर्चुगलको बेनिफीकालगायतका क्लबहरु अर्को चरणमा पुगेका छन् ।

युएफा च्याम्पियन्स लिगमा युरोपका ३२ टोलीले प्रतिस्पर्धा गर्दछन् । जसमध्ये २६ टोलीको टुंगो लागिसकेको छ भने बाँकी ६ वटा टोलीका लागि छनौट खेलहरु भईरहेका छन् ।