१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हत्यामा संलग्न ४ प्रहरी नियन्त्रणमा


0
Shares

भैरहवा । रुपन्देही प्रहरीले हत्याको आरोपमा चार जनालाई पक्राउ गरेको छ । चामल लुट्नका लागि ट्रक चालकको हत्या गरेको आरापमा उनिहरुलाई पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ३० वर्षिय सद्धाम कुजडा, २७ वर्षिय रिजवन अलि मुसलमान, २८ वर्षिय महेश कहार र तनहुँ शुक्लगण्डकीका २७ वर्षिय सुनिल पौडेल रहेका छन् ।

साउन २० गते उनीहरुले चामल बोकेर आईरहेको ट्रकका चालक तौफिक अहमद पठानको हत्या गरेको प्रहीले जनाएको छ । हत्या गरी शव सिद्धार्थनगर नगरपालिकास्थित डण्डा खोलामा फाली १८ लाख बराबरको चामल लुटेका थिए ।