१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आँखा तरेको निहुँमा हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान, एक घाइते


0
Shares

हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट एक युवा घाइते भएका हुन् ।

घाइते भएका युवकलाई खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । खुकुरी हानाहान गर्ने र खुकुरी प्रहारबाट घाइते हुनेको पहिचान खुलेको छ । खुकुरी प्रहरबाट हेटौंडा–१ चौकीटोलका २६ बर्षीय प्रशान्त नगरकोटी घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

आखाँ तरेको भन्दै लामा दाजुभाइले नगरकोटी माथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उहाँहरूको पहिलै झगडा भएर यस अघिनै जिप्रका मकवानपुरमा मिलापत्र भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभएको छ ।

नगरकोटलाई हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा र उनका भाई मिलेर खुकुरी प्रहार गरेका थिए । सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । लामा पनि घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको र उनका भाइ भने फरार रहेको डिएसपी रिमालले जानकारी दिनुभयो । प्रहरीले बल प्रयोग गरेर युवाको हातबाट खुकुरी खोसेको थियो ।