१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरीमा एक महिनामा २ सय ३८ फरार प्रतिवादी पक्राउ


0
Shares

काठमाडौं । सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

महिना दिनमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् ।

विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरू छन् ।

त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाइ फरार प्रतिवादी समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकाहरूबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवाना असुल भएको जनाएको छ । प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन् ।