१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आँखा तरेकाे भन्दै हेटौंडामा खुकुरी हानाहान


0
Shares

हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी हानाहान भएको छ ।

बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट हेटौंडा–१ चौकीटोलका २६ वर्षीय प्रशान्त नगरकोटी घाइते भएका छन् । गोडा चोट लागेका उनको अवस्था सामान्य रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

आखाँ तरेको भन्दै हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा र उनका भाइले नगरकोटीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच पहिल्यै झगडा भएर यसअघि पनि मिलापत्र भएको रिमालले बताउनुभयो ।

सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताउनुभयो ।