२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा सत्तापक्ष नै अनुपस्थित, मुख्यमन्त्रीद्वारा राजीनामा


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । बुटवलस्थित प्रदेशसभा भवनमा भएको विशेष अधिवेशनमा सत्तापक्ष नेकपा (एमाले)का सांसदहरू अनुपस्थित भएका हुन् ।

प्रदेशसभामा आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । विपक्षी गठबन्धनका दलहरूले उहाँविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दै माओवादीका केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्ताव पेशहुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताउनुभयो ।

यसअघि सभामुख घर्तीले सत्तापक्षले बहिस्कार गरे पनि प्रदेशसभा बैठक जारी रहने बताउनुभएको थियो ।