
एजेन्सी । चीनको एक अदालतले क्यानडाका व्यापारी माइकल स्पाभरीलाई जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।
चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोप्यता भंग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानेडियनमध्ये एपाभर एक हुन् । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले चीनको उक्त निर्णयप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्