
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ ।
बागमती प्रदेशको हेटौंडा शाखाबाट बीमा गर्नुभएका हिमाल पौडेललाई आईएमई धन सरिता बीमा योजना अन्तर्गत घातक रोगको रक्षावरणसमेत हुने गरी बीमाङ्क रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दावी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरू विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।
कम्पनीले दावी भुक्तानी प्रक्रिया सहज बनाइ छिटो तथा प्रभावकारी ढंगले फर्छ्याैट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभयो । उहाँले दावी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिनुभयो ।
निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दावी भुक्तानी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्