२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘भागबन्डा नमिलेर होला शिक्षामन्त्री नियुक्त नभएको, ४ लाख विद्यार्थीको भविप्य अन्योलमा पर्‍यो’


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ ।

राष्ट्रियसभा बैठकमा बोेल्दै उहाँले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ । ४ लाख बढी विद्यार्थीहरूले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ ।’

सांसद् वलीले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सबैलाई खोप उपलब्ध गराएर वैकल्पिम माध्यमबाट भए पनि विद्यार्थीको परीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीको भविष्यमाथि जोड दिन पनि सरकारलाई आग्रह गर्नुभयो ।