१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’


0
Shares

काठमाडौं । सांसद् गजेन्द्र बहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै आक्रोश पोख्नुभयो । सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले डुबेका नेपाल एयरलाइन्स् लगायतका संस्थानतर्फपनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘पुरानो सरकारले हनुमान मात्रै देख्यो । नेपाल सरकारले कुलमान मात्रै देख्यो । एउटा सरकारले हनुमान बाहेक अरु नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरु नदेख्ने । यसको मतलब मैले कुलमानलाई हनुमान सँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुँजाधुँजा पारिहाले ।’

उहाँले थप्नुभयो, ‘पाँच महिनाको तलव एकैपटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन् । कुलमानले विद्युत प्राधिकरणलाई फाइदामै ल्याएका छन् । तर कुलमान बाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स् छैन ? अरु संस्थानहरु डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’