
बैतडी । ४१ लाख भन्दा बढी रकम ठगीका आरोपी जिल्लाका एक युवक कारागार चलान भएका छन् ।
जिल्ला अदालतको आदेशनअनुसार पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विकलाई कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी गरेको आरोप लागेको थियो । ठगीपछि ६० जना स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई असारमा पक्राउ गरिएको थियो ।
ठगीमा विकसँगै भुवन औजी पनि संलग्न रहेको प्रहरीले जनाएको छ । भुवन भने फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । फरार औजी २०७० मा भएको संविधानसभा सदस्य पदका लागि स्वतन्त्रकबाट उम्मेदवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्