
काठमाडौं । क्याटरपिलर आइएनसीको परोपकारी अंग क्याटरपिलर फाउन्डेशनले कोभिड–१९ को तीव्र संक्रमणसँग संघर्षरत मुलुकहरुलाई क्रमिक रुपले आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा गरेको छ ।
फाउन्डेशनले संसारभर छरिएका संस्थाहरु मार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलरको राहत साहयता प्रदान गरिसकेको छ । कोभिडबाट अति प्रभावित देशको सूचिमा रहेको नेपाललाई पनि फाउन्डेसनले थप बृहद् सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
असिष्ट इन्टरनेशनलको सहकार्यमा फाउन्डेसनले नेपालको ग्रामीण र शहरी क्षेत्रमा रहेका ६ अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्री (अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयु भेन्टिलेटर, प्यासेन्ट मनिटर, नेवुलाइजर) उपलब्ध गराएको छ ।
पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, रुपाकोट गाँउपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल, शीर मेमोरियल अस्पताल वनेपा र कान्ति वाल अस्पताल, काठमाडौंलाई प्रदान गरिएको हो ।
अस्पतालहरुको छनोट गर्न ट्रयाक्टर्स नेपाल प्रालि (टिएनपिएल)ले मद्दत पुर्याएको थियो । टिएनपिएल क्याटरपिलर आइएनसीको नेपालको डिलर कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस्