२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


लुकाकु चेल्सी फर्किए, केन म्यान्चेस्टर सिटी जाँदै


0
Shares

एजेन्सी । बेल्जियन खेलाडी रोमेलु लुकाकु इंग्लीश फुटबल क्लब चेल्सी फर्किएका छन् । यसअघि इटालीको इन्टर मिलानमा रहेका लुकाकु चेल्सीसँग किर्तीमानी रकमको सम्झौता गर्दै पुरानै क्लब भित्रिएका हुन् ।

लुकाकुको लागि चेल्सीले इन्टर मिलानलाई ९७ दशमलव ५ मिलियन पाउण्ड स्टर्लीङ खर्च गरेको छ । सन् २०१४ मा चेल्सी छोडेर एभर्टन जाँदा लुकाकुको मुल्य २८ मिलियन पाउण्ड रहेको थियो ।

यसअघि एभर्टन र म्यान्चेस्टर युनाईटेडबाट समेत खेलिसकेका लुकाकु बेल्जीयमको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

उता इंग्लीश खेलाडी ह्यारी केन म्यान्चेस्टर सिटी जाने संभावना बढेको छ । टोटनह्याम हट्सपरका खेलाडी केनको लागि १ सय २७ मिलियन पाउण्ड खर्च गर्न म्यान्चेस्टर सिटी तयार भएको बुझीएको छ ।

यो सम्झौता भएको खण्डमा केन इंग्लीश प्रिमियर लिगका अहिलेसम्मकै महंगा खेलाडी बन्नेछन् ।