१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अविवाहित धनी मन्त्रीको घोषणा: आधा सम्पत्ति राज्यलाई दिन्छु (भिडियोसहित)


39
Shares

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गर्नुभएको छ । ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने उहाँले घोषणा गर्नुभएको हो ।

ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पार्नुभयो । अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उहाँको भनाइ छ ।

कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उहाँले बताउनुभयो । (हेर्नुहोस् भिडियो)