२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अफगानिस्तान दोस्रो ठूलो शहर कान्दहार तालिवानको कब्जामा


0
Shares

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले देशको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेका छन् । एक साता यता एक पछि अर्को प्रान्तीय राजधानी नियन्त्रणमा लिंदै अघि बढेको तालिवानले गएराती कान्दाहार कब्जा गरेको घोषणा गरेको हो ।

तालिवानले कान्दाहारमाथिको नियन्त्रणलाई ठूलो सफलता भनेको छ । उनीहरुले कान्दाहारको जेलमा रहेका आफ्ना कार्यकर्ता तथा लडाकुहरुलाई मुक्त समेत गरेका छन् ।

जेलबाट मुक्त भएकाहरुले तालिवानको पक्षमा नाराबाजी गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । कान्दाहार कब्जा गर्नुअघि तालिवानले हेरात र घाज्नी शहर कब्जा गरेका थिए । अब कुनै पनि बेला उनीहरु राजधानी काबुलमा धावा बोल्ने तयारीमा रहेको बताइएको छ ।