
बारा । जिल्लामा ट्रकको ठक्करबाट हात्तीसहित दुई जना घाइते भएका छन् ।
गएराती बाराको पथलैया नजिकको सडकमा गस्तीबाट फर्कँदै गरेको पर्सा राष्ट्रिय निकुञ्जको एक हात्तीसहित दुई जना माहुते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हुन् ।
ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनका कली हात्तीसहित माहुत अजित चौधरी र पछुबा पवन सिंहलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।
गम्भीर घाइते चौधरी र सिंहको वीरगञ्जमा उपचार भइरहेको छ भने हात्तीको अमलेखगञ्जस्थित हात्तीसारमा उपचार थालिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित जनावर माथिको आक्रमणबापत ५ देखि १५ वर्ष कैद र ५ देखि १० लाख जरीवाना वा दुबै सजायँ हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्