पर्वत । बिहीबार बिहानदेखि सम्पर्कविहीन कुश्माका एक होटल व्यवसायी मृत भेटिएका छन् ।
मुस्ताङ होटलका सञ्चालन गजेन्द्र तुलाचन शुक्रबार दिउँसो बागलुङ नगरपालिका–१० डबल्याङमा मृत फेला परेका हुन् । उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बिहीबार बिहान ६ बजे मर्निङवाकका लागि निस्किएका तुलाचन दिउँसो अबेरसम्म नफर्किएका खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
घटनाको बारेमाथ थप अनुसन्धान भइरहेको छ । मृतक तुलाचनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको अधिकारीले बताउनुभयो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्