काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभावित भएको छ । हरेक वर्ष नागपञ्चमी देखि जनै पूर्णिमासम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष पनि कोरोनाका कारण स्थगित गरिएको छ ।
कोरोना संक्रमण दर बढिरहेको अवस्थामा गोसाइँकुण्ड दर्शनका लागि हुन सक्ने भिडबाट संक्रमणको जोखिम हुने देखिएपछि मेला स्थगित गरीएको हो ।
गोसाईकुण्ड क्षेत्र बिकास समितिले मेलाको समयमा गर्दै आएको स्वास्थ्य शिविर, सुरक्षा, खानालगायतको व्यवस्थापन नहुने जनाएको छ । समितिका अध्यक्ष सन्जिव डिएमले मेला सञ्चालन नहुने भए पनि गोरखनाथ बाबाको टोली भने गोसाईकुण्ड दर्शनमा आउने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्