चितवन । चितवनको भरतपुर विमानस्थलमा आज बिहान आगलागी भएको छ । भिआइपी कोठामा भएको आगलागीबाट त्यहाँ भित्र रहेका सवै सामान जलेर नष्ट भएको विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिनुभयो ।
विमानस्थलको दमकल रनवे जाँचका लागि निस्कदा भिआइपी कोठाको झ्यालबाट धुँवाको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको उहाँले बताउनुभयो ।
आगलागि नियन्त्रणमा आईसकेको छ । विमानस्थलको दमकल, प्रहरी र विमानस्थलका कर्मचारीले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी हुनासाथ वन्द भएको विमानस्थल अहिले खोलिएको छ ।
प्रतिक्रिया दिनुहोस्