१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याललाई हानेको गोली लागेर छोराको मृत्यु


0
Shares

पाल्पा । जिल्लामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका– ६ तल्लोतालका ५६ वर्षीय बाबु कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई भरुवा बन्दुकले हान्ने क्रममा ३५ वर्षीय छोरा धनबहादुरको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

टाउकोमा लागेको गोलीले धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । एकनाले बन्दुक सहित बाबु कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।