पाँचथर । लामो निषेधााका कारण पाँचथरका कृषकले उत्पादन गरेको गोलभेडा बिक्रि हुन सकेको छैन । प्रशस्त उत्पादन भएको गोलभेडा निर्यातको समस्याका कारण बिक्री नहुँदा किसान चिन्तित बनेका छन् ।
बजार सम्म बिक्रिको लागि पु¥याएका गोलभेडाले पनि उचित मूल्य पाउन नसक्दा कृषक इन्तु न चिन्तुमा परेका छन् । गत वर्ष यहि सिजनमा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको गोलभेडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा पनि विक्री हुन सकेको छै ।
बन्दाबन्दीका कारण बजार प्रभावित हुँदा मूल्यमा ह्रास आएको याङवरक–६ का कृषक रामकुमार गुरागाईंले बताउनुभयो । पाँचथरको याङवरक, हिलिहाङ गाउँपालिका गोलभेडा उत्पादनको लागि पकेट क्षेत्र मानिन्छ ।
यस क्षेत्रमा उत्पादन भएको गोलभेडा जिल्लाका स्थानीय बजार र सदमुकाम फिदिममा खपत हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्