सर्लाही । जिल्लाका उद्योगधन्दा नियमित विद्युत् कटौतीको चपेटामा परेका छन् । नवलपुरमा निर्माणाधीन ग्रिड सवस्टेशनको निर्माण पूरा भइ सूचालु नहुन्जेल सर्लाहीको विद्युत्मा यस्तै समस्या आउने बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले विद्युत्का पुराना संरचनाले बढ्दो भार थेग्न नसकेर पटक–पटक बत्ती जाने समस्या देखिएको बताउनुभयो । अघोषित रूपमा विद्युत् कटौती हुँदा बिजुलीबाट हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरूको गुनासो छ ।
बयलवाससहित जिल्लाको मलंगवा, हरिवन, लालबन्दी, बरहथवा लगायत प्रमुख व्यापारिक केन्द्रहरूमा रहेका उद्योगधन्दा अघोषित लोडसेडिङको चपेटामा परेका छन् । सर्लाहीमा अहिले रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको लाईन लालबन्दी, बरहथवा र मलंगवामा रहेको वितरण केन्द्रमार्फत वितरण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्