३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


लुम्बिनीको प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री कुलबहादुर केसी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक भदौ १ गते बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी गराउनुभयो । नयाँ अधिवेशनमा नव नियुक्त मुख्यमन्त्री कूलबहादुर केसीले विश्वासको मत लिन तयारी गर्नुभएको छ ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव टेबुल गर्न लागेपछि उहाँले साउन २७ गते राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्रीले राजीनामा दिएलगत्तै प्रदेशप्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा विपक्षी गठबन्धनले केसीको नाम मुख्यमन्त्रीमा चयन गरेको थियो ।