१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


घाँस काट्न गएका महतोको अस्थिपञ्जर भेटियो


0
Shares

चितवन । घाँस काट्न मध्यवर्ती वन गएका खैरहनी नगरपालिका–१३ का भदै महतोको अस्थिपञ्जर मात्रै फेला परेको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका उनको हात्तीको प्रयोगले खोजी गरिएको थियो । शुक्रबार जुत्ता चप्पल फेला परेकोमा शनिबार अस्थिपञ्जर भेटिएको हो ।

ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सुवाष भट्टका अनुसार सामुदायिक वनको बरुवाघारीमा महतोको अस्थिपञ्जर फेला परेको हो । महतो साउन २५ गते घाँस काट्न गएदेखि बेपत्ता थिए । उनलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

परिवारले अस्थिपञ्जरसँगै भेटिएका कपडा, बोरा र चप्पलका आधारमा पहिचान गरेको भट्टले जानकारी दिनुभयो । भेटिएका अस्थिपञ्जरहरू डिएनए परीक्षण गरेपछि मात्रै कस्को हो भनेर भन्न सकिने उहाँले बताउनुभयो ।