एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रण्मा लिएको छन् ।
पछिल्लो एक महिनायता हिंसात्मत गतिविधि तीव्र पारेको तालिवानी समूहले अफगानिस्तानका विभिन्न शहर आफ्नो नियन्त्रणमा लिँदै आएको छ ।
अमेरिकाको नेतृत्वमा रहेको विदेशी सेना फिर्ता भएसँगै तालिवानीले आफ्नो सशस्त्र संघर्ष चर्काएको हो । सो क्रममा तालिवानी समूहले देशका मुख्य शहरहरु पनि आफ्नो नियन्त्रणमा लिन थालेको छ ।
राष्ट्रपति अशरफ घानीले सरकारी सेनाले तालिवानी विद्रोही विरुद्धको कारवाहीलाई तीव्र पार्ने जनाएपनि सो समूहले आफ्ना गतिविधि झन् बढाएको हो ।
विद्रोहीले राजधानी काबुलबाहेकका मुख्य शहरहरु नियन्त्रणमा लिइसकेका छन् । पछिल्लो दुई दशकयता जारी हिंसाका कारण अफगानिस्तानमा लाखौं मानिसको मृत्यु हुनुका साथै सो भन्दा बढी विस्थापित भएका छन् ।
तालिवानीहरुका हिंसात्मक गतिविधि नियन्त्रणमा नआएपछि विभिन्न राष्ट्रले कुटनीतिक निकायमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्