सर्लाही । सर्लाहीका उद्योगधन्दा अघोषित लोडसेडिङको चपेटामा परेका छन् । अघोषित रुपमा विद्युत् कटौती हुँदा बिजुलीबाट हुने काम बारम्बार प्रभावित बनेको छ ।
अनियमित विद्युत् कटौतीले प्रेस, मिल र खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योग प्रभावित बनेका हुन् । बत्ती आएको समयमा पनि भोल्टेजको समस्या झेल्नु परेको उनीहरुको गुनासो छ ।
जिल्लाको मलंगवा, हरिवन, लालबन्दी, बरहथवालगायत प्रमुख व्यापारिक केन्द्रहरुमा रहेका उद्योग अघोषित लोडसेडिङको चपेटामा परेका छन् ।
यता, जिल्लामा निर्माणाधीन ग्रिड सवस्टेशनको निर्माण पूरा भई सूचारु नहुन्जेल सर्लाहीको विद्युत्मा यस्तै समस्या आउने नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्दले जनाएको छ ।
सर्लाहीमा अहिले रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको लाइन लालबन्दी, बरहथवा र मलंगवामा रहेको वितरण केन्द्रमार्फत वितरण हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्