काठमाडौ/ कैलाली/नवलपरासी । देशका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परेर गएराति २ जनाको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको घरको सिँडीमा ठोक्किएको थियो ।
यस्तै गएराति कैलालीको लम्कीचुहा नगरपालिका पिपरकाकोटी चोकमा अनियन्त्रित भई स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका स्कुटर चालक गोपाल चौधरीको रहेका छन् । उनको उपचारको क्रममा लम्कीचुहा अस्पतालमा मृत्यु भएको हो ।
यता, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका चालिस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ६५६७ नम्बरको बस हिजो साँझ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका चार जनालाई कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्