काठमाडौं । जनता समाजवादी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गर्नुभएको छ । उहाँले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४ हजार बढी नेपाली कामदारलाई स्वदेश फर्काउन माग गर्नुभएको हो ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराइले कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क गर्नुभयो । ‘पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो।गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्’, भट्टराइले लेख्नुभएको छ ।
अफगानिस्तानमा पछिल्लो समय तालिवान र सरकारबीच युद्ध चर्किएको छ । कतिवटा शहरहरु तालिवानले आफ्नो तिनयन्त्रणमा लिइसकेका छ । सरकारी संयन्त्र निकम्मा जस्तै भएको छ । जसले गर्दा धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् भने कयौं विस्थापित भएका छन् । विभिन्न देशले आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काएका छन् ।
प्रतिक्रिया दिनुहोस्