काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबारमा नेप्से ओरालो लाग्दा कारोबार भने हालसम्मकै उच्च साढें २१ अर्ब माथि पुगको छ ।
शेयर धितोमा गरिएको कडाइसंगै नेप्से ओरालो लागेको विश्लेषण गरिएपनि कारोबार उच्च रहेको हो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंकले ओरालो लागेर ३१ सय ५४ कायम भएर थामिएको हो ।
यस दिन उत्पादनमूलक, लघुवित्त र लगानी समूहबाहेक अरु सबै समूह ओरालो लागे । बीमा समूह दुबैमा २ सय अंक हाराहारीको गिरावट आयो । विकास बैंक र जलविद्युत समूह पनि डेढ सय अंक हाराहारीले ओरालो लागे ।
वित्त, होटल तथा पर्यटन, व्यापार र अन्य समूह पनि दोहोरो अंकले ओरालो लागे । उत्पादनमूलक समूह भने १ सय ६० अंक र लघुवित्त समूह पनि १ सय १५ अंकले उकालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्मा २ सय २२ कम्पनीको ३ लाख ५५ हजार कित्ता शेयर २१ अर्ब ६५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्