१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सक्रिय संक्रमितको संख्या करिव ४० हजार


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पीसीआर र एन्टिजिन गरी १२ हजार १ सय ६ जनामा गरिएको परीक्षणमा १८ दशमलव २ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ ।

यस्तै आज काठमाडौ उपत्यकामा भने ७ सय ३९ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौमा ५ सय २२ , ललितपुरमा १ सय ५४ र भक्तपुरका ६३ जना रहेका छन् । हाल उपत्यकामा नै ११ हजार ७ सय ८६ जना संक्रिय संक्रमित छन् । आज उपत्यका पछि मोरङ् ,सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् ।

यस्तै थप १८ सय ६७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणका कारण सो अवधिभर थप ३३ जनाको मृत्यु भएको छ । देशभर ७ सय ५८ जना आइसियू र १ सय ९३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।