काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले संयन्त्र बनाउने तयारीमात्र गरेको बताउनु भएको छ ।
मन्त्रालयका सचिवले संयन्त्र गठन भैसकेको जानकारी संसदीय समितिलाई गराएकै दिन घिमिरेले त्यस्ताे बताउनु भएकाे हाे ।
अहिलेसम्म अफगानिस्तानमा रहेका नेपाली अमेरिकी राजदुतावास र संयुक्त राष्ट्रसंघीय मिसनमा सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई नेपाल फर्काउन छुट्टै संयन्त्रको तयारी गरेको सहसचिव घिमिरेले जानकारी दिनुभयो ।
हाल १५ सय जना नेपाली अफगानिस्तानाका विभिन्न शहरहरुमा संयुक्त राष्ट्र संघिय मिसनमा र अमेरिकी राजदुतावासमा रहेको मन्त्रालयले जनाएको छ ।
ती नेपालीलाई सुरक्षित राख्न र स्वदेश फिर्ताको लागि अमेरिकी राजदुतावासलाई आग्रह गरिसकेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । अफगानिस्तानको स्थिति तनावग्रस्त भएपछि बेलायत, जर्मनी, अमेरिकालगायतका देशहरुले आफ्ना नागरिकहरु फिर्ता लैजान थालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्