१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफगानिस्तानबाट नेपाली फिर्ता गराउन सरकारसँग आग्रह


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

नेपाली काँग्रेसका नेता रमेश लेखक र नेकपा एमालेका नेता डाक्टर राजन भट्टराईले अफगानिस्तनमा चर्किएको द्वन्द्वले त्यहाँ रहेका नेपाली जोखिममा परेकाले उनीहरुलाई तत्काल उद्धार गरी ल्याउने काममा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा काँग्रेस नेता लेखकले नेपाली नागरिकहरुलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गराउने विषयमा जिम्मेवार भईदिन सरकारसँग आग्रह गर्नुभयो ।

नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले ढिला नगरि अफगानिस्तानबाट नेपाली नागरिकलाई स्वेदश फिर्ता ल्याउन सरकारसँग माग गर्नु भयो । उहाँले द्धन्द्ध र हिंसाको चपेटामा परेका आफना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
त्यसैगरी परराष्ट्रवीद् डा. निश्चलनाथ पाण्डेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।