२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई अन्तर्राष्ट्रिय समितिकाे आग्रह


0
Shares

काठमाडौं । सरकारले द्धन्दग्रस्त अफगानिस्तानमा समस्यामा परेका नेपालीको उद्धारको समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले गृह, अर्थ, श्रम, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधि समेत रहने गरी बनाइएको समितिले आइतबारदेखि नै काम थालेको जानकारी दिनुभयो ।

अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको जानकारी दिँदै उहाँले उनीहरु त्यहाँको राजधानी काबुलभित्रै रहेको बताउनुभयो । उनीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उहाँको भनाई थियो ।

सरकार दुतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको जानकारी दिँदै सचिव पौडेलले मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सुचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एक/एक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चान गर्ने योजना पनि सुनाउनुभयो । यसैबीच समितिले अपगानिस्तानबाट नेपालीलाई उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।