काठमाडौं । हिमाली भेगमा भिषण वर्षा हुँदा मेलम्चीमा बाढी आएको विज्ञहरुले बताएका छन् । मेलम्ची भेलबाढीको उत्पत्ती जुगल हिमश्रृंखलाबाटै भएको बताइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा आज आयोजित पत्रकार सम्मेलनमा विपद् विज्ञ डा रञ्जक कुमार दाहालले उच्च हिमाली भेगमा पानी पर्नु नै मेलम्ची बाढीको पहिलो कारण भएको बताउनुभयो । उहाँले मेलम्ची क्षेत्रको सुरक्षा र बाढी नियन्त्रणको उपाय पनि सुझाउनु भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने मेलम्ची क्षेत्रमा पहिलो काम नै सडक सञ्जाल जोड्नु भएको बताउनुभयो । त्यस्तै,
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दसैँसम्ममा अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं पठाउन सकिने आश्वासन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्